दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाबाट चोरी भएका सामग्री फिर्ता गर्न नगरपालिकाले सूचना जारी गरेको छ । भदौ २४ गते राती जेन–जी आन्दोलनको नाममा नगरपालिकाबाट चोरी भएको सामग्री फिर्ता गर्न आग्रह गरेको हो ।
देशको अवस्था सामान्य बन्दै गएको हुदाँ सेवा सरु गर्नु चोरीका सामग्री फिर्ता गर्न सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । उनका अनुसार चोरीका सामग्री नगरपालिका वा इलाका प्रहरी कार्यालयमा फिर्ता गर्न सकिने छ ।














