दुलेगौंडा । इलाका प्रहरी कार्यालय बेलचौताराले तनहुँ, चितवन र कास्की कारागारबाट भागेका १५ कैदीलाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनका क्रममा कारागारबाट कारागारबाट भागेका कैदीलाई फर्कन निर्देशन दिइएको थियो । ततः पश्चात पनि नफर्केका कैदीलाई खोजि कार्य गरी पक्राउ गरिएको इप्रका बेलचौताराका प्रमुख पोषण थापाले बताए ।

२४ गते जेन–जी आन्दोलन उग्र बनेपछि बेलुका कारागारबाट कैदी फरार रहेका थिए । कास्की कारागारबाट फरार ५ जना, चितवन कारागारबाट फरार १ जना र तनहुँ कारागारबाट फरार ९ जना गरी १५ जनालाई पक्राउ गरेको हो । १५ जनामा ४ जना फरार प्रतिवादीलाई नेपाली सेनाले पक्राउ गरेको थियो ।
फरार रहेका प्रतिवादीलाई पक्राउ गरेपश्चात पुनः कारागार चलान गरिएको इप्रका बेलचौताराका प्रमुख प्रहरी निरिक्षक थापाले बताए । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली सडक तथा गल्लिहरुमा परिचालन हुदाँ नगरभित्र शान्ति सुव्यवस्था कायम गर्न सकिएको बताए ।













