दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलचौतारालाई ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको छ ।
बजारमा हुने अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्न सहयोग पु¥र्याउने हेतुले ट्राफिक बोर्ड हस्तान्तरण गरेको समितिका सभापति बालकृष्ण विकले बताए । व्यवस्थित पार्किङ्गको व्यवस्था हुदाँ आवतजावतमा सहज हुनुका साथै बजारको सौन्दर्य वृद्धि हुने बताए ।
समिति सभापति विक, नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश थापा लगायत समिति सदस्यहरुले अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलचौताराका प्रमुख ओम प्रकाश कुर्मीलाई १० थान ट्राफिक संकेत बोर्ड हत्तान्तरण गरेका थिए ।













