दुलेगौंडा । शुक्लागण्डकी जेसीजले आयाेजना गरेकाे फाहाेर सङ्कलन प्रतियोगितामा नेपाल प्रहरी विशेष सुरक्षा गण, बेलचाैतारा प्रथम भएको छ । दुलेगौंडादेखि खैरेनीटारसम्म १ घण्टामा गणले १५१ केजी फाेहाेर सङ्कलन गरेको थियाे । जितसंगै गणले नगद १२ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी फाेहाेर सङ्कलन प्रतियोगितामा इलाका प्रहरी कार्यालय बेलचाैताराले १३४ केजी फाेहाेर सङ्कलन गरी द्वितीय, महिला उद्यमी तथा उन्नतिशील आमा समूह ८५ केजी फाेहाेर सङ्कलन गरी तृतीय र सर्वसाधारण समूहले ५५ केजी फाेहाेर सङ्कलन गरी सान्त्वना भएको छ । प्रतियोगितामा द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेको छ । फाेहाेर सङ्कलन कार्यक्रममा श्री ३ नम्बर बाहिनीबाट ५० जना अप्रतिस्पर्धी समूह बनेर कार्यक्रममा सहभागी भएको थियाे ।

जेसीजले व्यक्तित्व विकासमात्रै नभइ सामाजिक हितमा पनि कार्य गर्ने जेसिज अध्यक्ष प्रकाश विकले बताए । उनका अनुसार आम सर्वसाधारण नागरिकलाई वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सचेत गराउन फाेहाेर सङ्कलन प्रतियोगिता सञ्चालन गरिएको हाे ।

जेसीज अध्यक्ष विककाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी-४ का वडाध्यक्ष राजकुमार वाग्ले, १२ का वडाध्यक्ष इन्द्र गुरूङ लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन इ.अनिस ढकालले गरेका थिए ।













