दुलेगौंडा । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयले वन्केवामा टोलस्तरीय तीजगीत प्रतियोगिता गर्ने भएको छ ।
तीजको मौलिकतालाई बचाई राख्नका लागि प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको वडाका अध्यक्ष सचिन भुजेलले बताए । उनका अनुसार प्रतियोगिता संगै नेवार समुदाएको लाखे नाच र भजन पनि प्रस्तुत हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै सहभागी टोललाई यातायात खर्चको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ ४ गते वन्केवा स्थिती वडा कार्यालय परिसरमा हुने भएको छ ।













