दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको शुक्लागण्डकी जेसिसको सप्ताह कार्यक्रम बुधबारदेखि सुरु भएको छ । जेसिजले दुलेगौंडामा रहेकाे साथी इन्टिच्यूटमा `विद्यार्थीसंग जेसिज´ कार्यक्रम गर्दै सप्ताह कार्यक्रमकाे सुरूवा गरेको हाे ।
विद्यार्थी समाज र राष्ट्रका कर्णधार रहेकाे हुदाँ विद्यार्थीकाे व्यक्तितब, नेतृत्व र तार्किक क्षमताको विकास गराउन विद्यार्थीसंग जेसिज कार्यक्रम गरिएको जेसिजका अध्यक्ष प्रकाश विकले जानकारी दिए ।

जेसिजका अध्यक्ष विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष समुन्द्रराम श्रेष्ठ, जेसीज सप्ताहको मुल संयोजक मदन सिग्देल, विद्यार्थीसंग जेसिज कार्यक्रमकाे कार्यक्रम संयोजक भीष्म श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।
जेसिजले सप्ताह कार्यक्रम अन्तर्गत भदौ ११ गते फाेहाेर सङ्कलन कार्यक्रम, भदाै १७ गते बालबालिकालाई स्वस्थ्य सम्बन्धि जानकारी तथा सेनेटरी वितरण, असाेज ३ गते मैत्रीपूर्ण फुटबल, असाेज ४ गते सडक दुर्घटना सम्बन्धि सचेतना कार्यक्रम, कार्तिक १४ गते हाजिरीजवाफ प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता र कार्तिक १५ गते वृहत् स्वस्थ्य शिविर संगै सप्ताह कार्यक्रम समापन गर्ने छ ।













