भिमाद । नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताएका छन् । मंगलबार भिमादमा शहिद कल्याण खनालको अर्धकद सहितको शालिक अनावरण गर्दै राज्यले पनि सहिद परिवारलाई सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक सुनिश्चित गर्न आवश्यक रहेकाे बताए ।

देउवाले तनहुँमा धेरै शहिदहरु रहेको स्मरण गर्दै सहिदहरुको बलिदानलाई खेर जान नदिने दावि गर्दै काँग्रेसले सहिद र सहिद परिवारको सधैँ सम्मान गर्ने बताए ।
नेपाली काँग्रेस तनहुँको ब्यवस्थापन तथा शहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेसका क्षेत्रीय सभापति चुडामणी खनाल, सहिद पत्नि इन्दिरा खनाल लगायतले सहिदको योगदानले बर्तमानको परिवर्तन सम्भव भएको बताएका थिए ।
खनाललाई तत्कालिन विद्रोही माओबादीले क्रुरतापुर्वक हत्या गरेको थियो । उनकाे हत्या भएको २३ औँ स्मृति दिवसको अवसरमा भिमाद शिवालयटोलमा अर्धकद सहितको शालिक निर्माण गरिएको छ ।













