दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा साउन १९ अर्थात् भोलिदेखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सवको तयार पुरा भएको छ ।

धाम परिसरमा मन्दिर सजावट, मञ्च व्यवस्थापन, भक्तजनको बसाई व्यवस्थापन, यग्य स्थल तयारी, पार्किङ्ग व्यवस्थापन लगायतका सम्पूर्ण कार्यहरु पुरा भएको धाम समितिका अध्यक्ष अर्जुन लम्सालले बताए । उनका अनुसार सोमबार विहान ७ बजे बोलबम यात्रा, विहान १०ः३० मा कलश यात्रा गरी कार्यक्रमको औपचारीका उद्घाटन हुने छ ।

श्रावण सक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा गर्ने भएकोले यस महिनालाई धार्मिक दृष्टिकोण अनुसार शुभ महिना मानिने धार्मिक महोत्सवका मुल समारोह समितिका संयोजक ठाकुर प्रसाद शास्त्रीले बताए । उनले जीवन दर्शन, धार्मिक ज्ञान र मानसिक आनन्द ग्रहण गर्नका लागि धार्मिक महोत्सवमा सहभागि हुन अनुरोध गरे ।
साउन १९ गतेदेखि २६ गतेसम्म हुने धार्मिक महोत्सवको मुख्य कथाबाचकको रुपमा पण्डित इश्वर रेग्मी रहने छन् । कार्यक्रमको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गर्ने छन् ।












