दुलेगौंडा । लायन्स क्लब अफ शुक्लागण्डकीले ३७३ पिन्ट रगत सङ्कलन गर्दै लायन्स क्लबमध्य नेपालमा नै सबैभन्दा बढी रगत सङ्कलन गर्ने क्लबको रुपमा लगातारा चौथो पटक रेकर्ड राखेको छ । यसअघि पनि लायन्स क्लब अफ शुक्लागण्डकीले ३१३ पिन्ट रगत सङ्कल गरी राखेको रेकर्डलाई फेरी ब्रेक गरेको हो ।

लायन्स बर्ष २०२२/२३ मा सुमन सापकोटा नेतृत्वको क्लबले २११ पिन्ट रगत सङ्कलन गरी लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा धेरै रगत सङ्कलन गर्ने क्लब बन्यो । त्यसपछि लायन्स बर्ष २०२३/२४ मा २२२ पिन्ट रगत र लायन्स बर्ष २०२४/२५ मा ३१३ पिन्ट रगत सङ्कल गरी आफ्नो रेकर्ट आफैले ब्रेक गरिरहेको थियो ।
क्लबका अध्यक्ष ओमकुमार श्रेष्ठले आफुहरुकै क्लबले लगातार नेपालमा लायन्स क्लब मध्यमा धेरै रगत सङ्कलन गर्नेमा रेकर्ड ब्रेक गर्दै आईरहेको बताए । उनले रक्तदान कार्यक्रममा सहभागि हुने सबैलाई धन्यवाद व्यक्त गरे ।
लायन्सका प्रथम उपाध्यक्ष देबेन्द्रबहादुर ढुङ्गानाले रक्तदाताहरु धेरै रहेता पनि सिमित ब्रल्ड ब्याग ल्याएको हुदाँ बिचमै रक्तदान कार्यक्रमलाई रोक्नुपरेको बताए ।

क्लबका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा लायन्सक र लियो क्लबका सदस्य लगायत प्रहरी, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक तथा आम सर्वसाधारण नागरिकले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी प्रदेशिक रक्त सञ्चार सेवा पोखराको प्रविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमा दुलेगौंडा स्थित बन्केवा चोकमा विहान ७ बजेबाट सुरु भई दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।













