दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ शुक्लागण्डकीले साउन १४ गते वृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै लायन्स क्लबले रक्तदान कार्यक्रम हुन लागेको जानकारी गराएको हो ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले स्थापना कालदेखि नै बर्षमा एक पटक रक्तदान कार्यक्रम गर्दै आईरहेको रक्तदान कार्यक्रमका संयोजक सुमन सापकोटाले बताए । सापकोटाले लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा पढी रगत सङ्कलन गर्ने क्लबको रुपमा लायन्स क्लब अफ शुक्लागण्डकी रहेको समेत दाबि गरे । हरेक बर्ष क्लबले आफ्नो रेकर्ड आफैले ब्रेक गर्दै आईरहेको हुदाँ यसपटक पनि उल्लासमय उपस्थितीमा रक्तदान कार्यक्रममा उपस्थित हुन आग्रह गरे ।
लायन्सका अध्यक्ष ओम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा लायन्स देबेन्द्र बहादुर ढुङ्गाना, ज्योतीकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन लायन्स शंकर पन्तले गरेको थिए ।
साउन १४ गते दुलेगौंडा स्थित बन्केवा चोकमा हुने रक्तदान कार्यक्रम विहान ७ बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन हुने छ । लायन्स बर्ष २०२२/२३ मा सुमन सापकोटा नेतृत्वको क्लबले २११ पिन्ट रगत सङ्कलन गरी लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा धेरै रगत सङ्कलन गर्ने क्लब बन्यो । त्यसपछि लायन्स बर्ष २०२३/२४ मा २२२ पिन्ट रगत र लायन्स बर्ष २०२४/२५ मा ३१३ पिन्ट रगत सङ्कल गरी आफ्नो रेकर्ट आफैले ब्रेक गरिरहेको छ ।













