दुलेगौंडा । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लिले म्याग्दे गाउँपालिका-६ मनपाङ्गमा वृक्षारोपण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर पर्यावरण तथा दिगो बिकास संस्थाकाे सहकार्यमा वृक्षारोपण गरेको कम्पनीका मानव संसाधन प्रमुख अञ्जन दुवाडीले जानकारी दिए ।
सूर्य नेपालले हालसम्म विभिन्न प्रजातिका फलफूलका १५ हजार बिरुवा लगाइसकेकाे कम्पनीका कारखाना प्रमुख बाबुराम कार्कीले बताए । हाल २० हजार बिरुवा राेप्नका लागि मनपाङ्गबाट वृक्षारोपण सुरू गरिएको बताए । उनका अनुसार यस महिनाभित्र २० हजार बिरुवा राेपिने भएको छ ।
वृक्षारोपण कार्यक्रममा सूर्य नेपाल प्रा.लि का कारखाना प्रमुख बाबुराम कार्की, विभागीय प्रमुख गौतम यादव, राजु पौडेल, हुमनाथ अर्याल, म्याग्दे ६ तनहुँको अध्यक्ष हिरा गुरुङ, पर्यावरण तथा दिगो बिकास केन्दका प्रमुख रबि आचार्य लगायतको सहभागीता थियो ।
सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा दिगो विकास लाई लक्षित गरि आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम मार्फत विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, फोहर व्यवस्थापन, आय आर्जनमुलक कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ ।













