काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पाैडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम आज मङ्गलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार तोकेका हुन् । घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने २०७६ को निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी थिइन् ।













