दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा आगलागि भएको छ । बुधबार दिउसो भएको आगलागीबाट करिब ७ लख ९८ हजार बराबरको क्षेत्री भएको प्रारम्भिक अनुमान छ ।
वडाध्यक्ष शालिकराम भट्टराईले प्रारम्भिक अनुमान अनुसार कार्यालयको सभा हलमा बिजुली सर्ट हुदाँ आगोलागी भएको हो । कार्यालयभित्र आगालागी हुदाँ ९० वटा कुर्सी, कागजपत्र रहेको ४ वटा दराज, सोफा सेट, टेबुल, १ वटा फ्रिज, हलको ४ वटा झ्याल, २ वटा ढोका, सिसि क्यामेरा साथै वडा कार्यालयभित्रको पुरै बिजुली सर्ट भएको वडाध्यक्ष भट्टराईले बताए ।
आगलागी भएपश्चात तत्काल दम्कल लिएर वडाकार्यालय अगाडि पुग्नु अघि नै स्थानीयहरुले आगो नियन्त्रण गरिसकेको नगर प्रहरी प्रमुख रामशरण कार्कीले बताए । उनका अनुसार वडा कार्यालयभित्र भौतिक क्षति भएता पनि मानविय क्षेति भने भएको छैन् ।
वडा कार्यालयको सभा हलमा आगलागी भएको सुरुमा वडाका कर्मचारीले थाहा पाएका थिए । आगलागी नियन्त्रण गर्न खोग्दा नसकेपछि गुहार माग्दा गाउँलेहरुले आगो नियन्त्रण गरेका थिए ।