• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु

Staff Reporter by Staff Reporter
September 15, 2021
in स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दमौली । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । सरकारको निर्णय अनुसार आगामी मंसिर ८ गतेसम्म जनगणना हुनेछ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ । असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।

तनहुँमा एक सय ३० जना सुपरिवेक्षक

तनहुँमा एक सय ३० जना सुपरिवेक्षक खटाईएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । तालिमप्राप्त सुपरिवेक्षक खटाएको बताए । पहिलो चरणमा यही भदौ ३० देखि आगामी असोज १८ गतेसम्म र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूल गणना गर्ने कार्य हो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Comments 1

  1. सन्दीप बिश्वकर्मा says:
    5 years ago

    जनगणना गर्दा जस्तो म स्याङ्जाको मान्छे मेरो नागरिकता स्याङ्जाको छ म तनहुँ मा बस्छु मैले बसाई सराइ लिएको छैन अब मैले आफ्नो परिवार को विवरण बुझाउनु पर्दा स्याङ्जा नै जानू पर्छ कि पर्दैन होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.