दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा जनकल्याण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने दिवस माध्यमिक विद्यालयकाे नतिजा निल रहेको छ । २०८१ चैत ७ गतेकाे परीक्षामा जनकल्याण माविले ४४ विद्यार्थी मध्य ४२ विद्यार्थी उत्तीर्ण गराउदै धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय घाेषित भएको छ भने दिवसबाट परीक्षा दिने १५ विद्यार्थीकाे नतिजा विहिन रहेको हाे ।
सामुदायिक विद्यालयतर्फ महेन्द्र माध्यमिक विद्यालयबाट एसइइ परीक्षामा सहभागी भएका ८ विद्यार्थी मध्य १ जना मात्रै उत्तीर्ण भएकाे छ । यसैगरी सहिद कृष्ण माध्यमिक विद्यालयले १५ विद्यार्थी मध्य २ जना उत्तीर्ण गराउन सफल भएको छ भने राजपुर माविले ७ विद्यार्थी मध्य २ विद्यार्थी उत्तीर्ण गाराउन सकेकाे छ ।
यसैगरी सामुदायिक विद्यालयतर्फकै अमरज्याेती माविले १५ विद्यार्थीमा ५ जना, हंशबाहिनिका १८ विद्यार्थी मध्य ५ जना, सरस्वती माविका १५ विद्यार्थी मध्य ५ जना, जनप्रेमीका १६ विद्यार्थीमा ६ जना, आधारभूत ममविका ३३ विद्यार्थीमा ९, छब्दी माविका १५ विद्यार्थीमा ९ जना, सरस्वती नमूना ममविका २६ विद्यार्थीमा १५ जना, तालवेसी माविका ४० विद्यार्थीमा २४ जना, गाफा माविका ५६ विद्यार्थीमा २९ जना, खैरेनी माविका ११८ विद्यार्थीमा ४४ जना, पञ्चमुनिका १८० विद्यार्थीमा १४४ जना र जनकल्याण माविका ४५ विद्यार्थीमा ४२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।