दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सहितकाे अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकाे १७ ओैं अधिवेशनले आगामी आर्थिक बर्षको अनुमानित बजेट सार्वजनिक गरेको हाे ।
अधिवेशन मार्फत नगर प्रमुख कृष्णराज पण्डितले १ अर्व २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर उपप्रमुख खुमबहादुर विक राजुले नापजाँच सम्पन्न भएको स्थानमा लालपुर्जा वितरण गर्ने उद्घाेष गरे । यसैगरी कार्यक्रममा शतप्रतिशत घरहरुमा खानेपानीको पहुँच पु¥याउने, दलित तथा विपन्न समुदायका ५०० परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने, बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहित गर्ने, दुध तथा कृषि उत्पादनमा अनुदान बृद्धि गर्ने पत्रकारिता क्षेत्रका विकासमा जोड दिने लगायतका निति अवलम्वन गर्ने बताए ।
नगरसभामा प्रस्तुत भएका निति, कार्यक्रम तथा बजेट आगामी ३० गते अधिवेशनको दोस्रो बैठक मार्फत पारित गर्ने नगरपालिकाले जनाएको छ ।