दुलेगौाडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्लागण्डकी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा योजना निर्माण प्रक्रियामा पार्टीको धारणा र सुझाव पेश गरेको छ । शुक्रबार पार्टीले शुक्लागण्डकी नगरपालिका सहित तनहुँका १० वटै स्थानीय तहमा योजना निर्माणका लागि सुझाव पेश गरेको हो ।
शुक्लागण्डकी नगरपालिकामा नगर सभापति हरि खड्काको नेतृत्वमा पुगेका नेता कार्यकर्ताहरुको समुहले २७ बुदे सुझाव सहितको ध्यानाकर्षण पत्र नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुलाई हस्तान्तण गरेका हुन् । उक्त ध्यानकर्षण पत्रमा शुक्लागण्डकीको सम्भाब्यता अधिक रहेको दावि गर्दै आर्थिक स्रोतका परिचालन गरि जनताको माग सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ । पार्टीले पुर्वाधार, कृषि, सुशासन लगायतका विषयमा बढी जोड दिएको छ ।
पार्टीको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख खुमबहादुर विक राजुले सकरात्मक र प्रभावकारी योजनाहरुलाई निति, कार्यक्रम र बजेटमा समेट्ने प्रतिवद्धता ब्यक्त गरे । उनले आगामी बर्षको बजेट सहितको निति कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न ब्यक्ति र समुहहरुको सुझाव संकलन गरिरहेको जानकारी गराए ।