दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा अवस्थित तालवेसी माध्यमिक विद्यालयमा स्क्रयावल कल्व गठन भएको छ । सोमबार विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीको भेलाले कल्व गठन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले बताए ।
विद्यार्थीहरुको अंग्रेजी भाषाका शब्द भण्डार बढाउन स्क्रयावल खेल महत्वपूर्ण रहेको भन्दै खेलमा रुचि भएका विद्यार्थीहरुको कल्व गठन गरिएको रेग्मीले बताए । विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले विद्यालयले विद्यार्थीहरुलाई बाहिर खेल्ने खेलका साथै बन्द कोठामा खेल्न सकिने खेललाई पनि उत्तिकै महत्व दिएको बताए । विद्यार्थी प्रतिभा पहिचानमा विद्यालय कुनै पनि कसुर बाँकी नराख्ने बताउँदै विद्यार्थीहरुलाई खेलको माध्यमबाट सिकाइ हुनेमा जोड दिए । भेलाले कक्षा ९ की छात्रा एबम् विद्यालयकी सह नायक प्रशिक्षा पाठकको संयोजकत्वमा ७ सदस्यीय कल्व समेत गठन गरेको छ । जसमा लक्ष्मी पौडेल, आर्यान श्रेष्ठ, सदिक्षा रेग्मी , सन्ध्या श्रेष्ठ, तक्षक चापागाई र काजल बोहरा सदस्य रहेका छन् । स्क्रयावल कल्व पोखराको आयोजनामा बाराको निजगढ र गुल्मीको रेसुङ्गामा भएको राष्टिय स्तरका खेलमा समेत विद्यालयले सक्रिय सहभागित जनाएको छ ।