• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

शुक्लागण्डकीमा को को निर्वाचित भए ?

हरि खरेल हरि खरेल
May 19, 2022
- राजनीति, स्थानीय समाचार
A A
0
शुक्लागण्डकीमा को को निर्वाचित भए ?
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए । वैशाख ३१ गते मध्यान्न १२ बजेदेखि सुरु भएको मतगणना जेठ ४ गते साँझ ६ बजेसम्म मतगणना सम्पन्न भएको थियो । यो संगै शुक्लागण्डकी नगरपालिकामा अबको ५ बर्षको लागि नेतृत्व टुङ्गो लागेको छ ।

शुक्लागण्डकी नगपालिकाको मेयरमा कृष्णराज र उपमेयरमा राजु

शुक्लागण्डकी नगरपालिकाको मेयरमा कृष्णराज पण्डित र उपमेयरमा खुम बहादुर विक राजु निर्वाचित भएका छन् । बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणम अनुसार पण्डिले १२ हजार २६३ र विकले १० हजारर २६२ मत प्राप्त गर्दै नगर प्रमुख र उप–प्रमुखमा जित हासिल गरेका हुन् ।

 

शुक्लागण्डकी नगपालिका–१ को वडाध्यक्षमा रबिचन्द्र

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्लागण्डकी नगपालिका–१ मा नेपाली काँग्रेसको प्यानलनै बिजयी भएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार रहेका रविचन्द्र पौडेलले १ हजार ११३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनि संगै महिला वडा सदस्य लक्ष्मीदेवी भण्डारीले १ हजार १०३, दलित महिला सदस्य विष्णुमाया विश्वकर्माले १ हजार ११०, खुल्ला सदस्य तर्फ मोहम्मद जब्बर मियाले १ हजार ५९ र कृष्ण बहादुर गुरुङले १ हजार ७९ मत सहित बिजय भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा सुमन

स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुमानबहादुर राना मगर विजय भएका छन् ।

२ हाजार ३४६ मत गणना गर्दा सुमनले ९२५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन विजय भएपनि ४ जना वडा सदस्यमा भने नेकपा एमालेले जितेको छ । नेकपा एमालेबाट महिला सदस्य कमला धमला पौडेलले ९८३, दलित महिला सदस्य रिता नेपालीले ९७४, खुल्ला सदस्य भगवान पुन र मानबहादुर पुलामीले क्रमश ९७५ र ९६१ मत प्राप्त गर्दै विजय भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा सचिन

शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सचिन भुजेल विजय भएका छन् ।

भुजेलले कुल १ हजार ७०६ मतमा ८०५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । उनि संगै नेपालली कांग्रेसबाटै महिला वडा सदस्यमा उमादेवी सुवेदीले ७१२, दलित महिला वडा सदस्य लक्ष्मी सुनारले ७०७, खुल्ला सदस्य विजय श्रेष्ठ र केशरबहादुर थापा मगरले क्रमशः ६२९ र ७०५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–४ को वडाध्यक्षमा राजकुमार

स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका राजकुमार वाग्ले विजय भएका छन् ।

१ हजार ५७८ मत गणना गर्दा राजकुमार वाग्ले (राजु)ले ७७८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । उनि संगै नेपाली कांग्रसबाटै महिला वडा सदस्य मिठुमाया थापा रानाले ७९९, दलित महिला सदस्य मिना रोकाहा सुनारले ७८७, खुल्ला सदस्य तर्फ मदन श्रेष्ठले ७८२ र महिप ज्वारचनले ७७९ मत सहित बिजय भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–५ को वडाध्यक्षमा पुनः दीर्घबहादुर

स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका दिर्घबहादुर थापा पुनः निर्वाचित भएका छन् ।

२ हाजार ३७५ मतगणना गर्दा थापाले १ हजार २१९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनि संगै नेकपा एमालेबाटै खुला वडा सदस्यमा धनेश्वर श्रेष्ठले एक हजार २० र सितादेवी तिम्लिसिनाले एक हजार ५१ मत पाएका छन् । खुला महिला सदस्यमा सायरा बानुले एक हजार १५६ मत पाएर विजयी भइन् । दलित महिला सदस्यमा ज्योति विकले एक हजार ७६ मत पाएर विजयी भएकी छिन् ।

 

शुक्लागण्डकी नगरपालिका–६ को वडाध्यक्षमा बुद्धिबहादुर

शुक्लागण्डकी नगरपालिका–६ को वडाध्यक्षमा नेकपा एमालेबाट बुद्धिबहादुर थापा विजय भएका छन् ।

निर्वाचन पश्चात भएको मतगणनाको अनुसार एमालेका बुद्धिबहादु थापाले १ हजार २६३ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । थापा यसअघि शुक्लागण्डकी ६ को वडासदस्य रहेका थिए । यसै गरि एमालेबाटै महिला वडा सदस्यमा विमला पौडेल, दलित महिला सदस्यमा सितादेवी विक, खुल्ला सदस्यमा कुलकुमार कुमाल र भक्तबहादुर राना विजय पनि भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–७ को वडाध्यक्षमा खड्क सिं

स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खड्क सिं थापा विजय भएका छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पराजित भएका थापाले एक हजार ७९ मत प्राप्त गर्दै यसपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यमा काँग्रेस उम्मेदवार राजबहादुर थापाले ८७८ मत प्राप्त गरे भने खुल्ला सदस्य एमाले उम्मेदवार गिरबहादुर थापाले ७७८ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा एमालेकी शारदा लम्सालले ८५८ र दलित महिला सदस्यमा कविता विकले ८५८ मत प्राप्त गर्दै जित हासिल गरे ।

 

शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा नारायण सिं

जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ मा नेकपा एमालेका नारायण सिं थापा वाडध्यक्षमा निर्वाचित भएका छन् ।

२ हजार ६३९ मत गणना गर्दा नेकपा एमालेका नारायण सिं थापा मगरले १ हजार २८१ मत प्रप्त गरी वडाध्यक्षमा विजयी भएका हु्न । यसै गरि वडा सदस्यमा भने नेपाली कांग्रेस र नेपका एमालेबाट २÷२ जनाले जित हासिल गरेका छन् । एमालेबाट खुल्ला सदस्यमा अशोक महतले १ हजार २६७ र मानबहादुर क्षेत्री १ हजार १६८ मत प्राप्त गरी विजयी भएका थिए भने काँग्रेसबाट महिला सदस्यमा डम्बरकुमारी सिग्देलले १ हजार १९८ र दलित महिला सदस्यमा सिर्जना विकले १ हजार २०१ मत प्राप्त गरी विजयी भएका थिए ।

 

शुक्लागण्डकी नगरपालिका–९ को वडाध्यक्षमा धनबहादुर

स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–९ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर थापा विजय भएका छन् ।

नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका धनबहादुर थापाले ७४० मत प्राप्त गर्दै विजय भएका हुन् । यसै गरि एमालेबाटै महिला वडा सदस्यमा बुद्धिमाया गुरुङले ७४५, दलित महिला सदस्य सुनिता विकले ७५७, खुल्ला सदस्यमा कमल थापा र दिपक महत क्रमशः ७४९ र ६६७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

 

शुक्लागण्डकी नगरपालिका–१० को वडाध्यक्षमा राजेन्द्र

शुक्लागण्डकी नगरपालिका–१० को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राजेन्द्र भट्टराई क्षेत्रीले निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका भट्टराईले ९२५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडा सदस्यमा नेपाली काँग्रेसका दुई र एमालेका दुई जना विजयी भएका छन् । काँग्रेसबाट खुल्ला महिला सदस्यमा तिलादेवी राना आलेले ८२८ र खुल्ला सदस्यमा बिमल रानाले ८०९ मत प्राप्त गरी विजयी भएका छन् भने नेकपा एमालेबाट खुल्ला सदस्यमा कुश्माखर खत्रीले ८०७ र दलित महिला सदस्य पेमाया वि.कले ७६१ मत ल्याएर विजयी भएका छन् ।

 

शुक्लागण्डकी नगरपालिका–११ को वडाध्यक्षमा शालिकराम

शुक्लागण्डकी नगरपालिका–११ मा नेकपा एमालेका शालिकराम भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

भट्टराईले १ हजार ३८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा नवनिर्वाचित भट्टराई वडाको सचिव पद त्यागेर वडाध्यक्षको उम्मेदवारी दिएका थिए । खुल्ला महिला सदस्यमा एमालेबाट डोलमाया गुरुङले ९ सय ९२, दलित महिला सदस्यमा संगिता विकले ९३८ र खुल्ला सदस्यमा नेपाली काङग्रेसका गिरीराज थापाले ९ सय ८६ र नेकपा माओवादी केन्द्रका खिमलाल भण्डारीले ९ सय ६३ मत ल्याउदै विजयी भएका थिए ।

 

शुक्लागण्डकी नगरपालिका–१२ को वडाध्यक्षमा इन्द्र 

शुक्लागण्डकी नगरपालिका–१२ को वडाध्यक्ष नेकपा एमालेका ईन्द्र गुरुङ विजय भएका छन् ।

दुई हजार ९२ मत गणना हुदाँ एमालेका गुरुङले ७५७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए यसै गरि नेकपा एमालेबाटै खुल्ला महिला वडा सदस्य ठुलमाय गुरुङले ७७४, दलित महिला सदस्य सरिता राई विकले ७८५, खुल्ला सदस्यमा चेतबहादुर गुरुङ र मनबहादुर कँुवरले क्रमशः ७५६, ७३७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.